नेपाली   |  English

हिउँ परेपछि हेटौंडा–काठमाडौं यातायात अवरुद्ध


A A A

सिमभञ्ज्याङ र अघोरमा रोकिए

मकवानपुर - त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ ।

अहिले वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट गएका सयौँ सवारी साधन सिमभञ्ज्याङ र अघोरमा रोकिएका छन् । अहिले सिमभञ्ज्याङमा घाम लागिरहेको पालुङ प्रहरीले जनाएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top