नेपाली   |  English

मूलपानीमा मापदण्ड विपरीत नीजी आवासः स्थानीय सरकार आफ्नो अधिकारको बारेमै अनविज्ञ


A A A

नगरपालिकाले दिएको स्वीकृतिभन्दा फरक तरिकाले आफ्नो घर निर्माण गरी नगरपालिकाले तयार पारिएको भवन तथा निजि आवास निर्माण मापदण्डलाई थापाले चुनौती दिएको छ

माघ २५, काठमाडौँ । संघीय संरचनापछि बनेको स्थानीय सरकार आफ्नो अधिकारको बारेमै अनविज्ञ छन् । आफ्नो छुट्टै व्यवस्था र नीति निर्माण गरी अधिकारको प्रयोग गर्न पाउने प्रवाधान हुँदा पनि केही कानुनी प्रक्रियमा अलमल रहेको छ । अहिले प्रयः कतिपय स्थानीय तहमा आफूहरुले बनाएको नीति तथा कानुन स्थानीय स्तरबाटै उल्लंघन भईरहेको जनप्रतिनिधिहरु आफै बताउँछन् । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका अन्र्तगत वडा नं. ६ मूलपानीमा नगरपालिकाले तोकिएको मापदण्डविपरीत नीजि आवास धमाधाम बनाईरहेको छ ।

नगरपालिकाले दिएको स्वीकृतिभन्दा फरक तरिकाले आफ्नो घर निर्माण गरी नगरपालिकाले तयार पारिएको भवन तथा निजि आवास निर्माण मापदण्डलाई समेत गिज्याईरहेको छ । अमुल थापाले कि.नं. २६६७ मा रहेको २.५ आना जग्गामा २.५ तले घर निर्माणको लागि नक्सा पास भएको पाए पनि उनले ४ तले ढलान घर बनाईरहेको छ । त्यसमाथी पनि सार्वजनिक जग्गा मिचिएको भन्ने विषयमा विवादित भएको र नगरपालिकाको न्यायिक समितिले समेत रोक्का गरेको घरमा नीज थापाले नगरपालिकालाई नै चुनौति दिदै घर निर्माण प्रक्रिया आगाडि बढाईरहेको छ ।

kageshwori municipality

राष्ट्रिय खेलकुद परिषदको जग्गा मिचिएको भन्ने आरोप लागेको र घर निर्माण गर्दा छोड्नुपर्ने मापदण्डलाई समेत वेवास्ता गरी नगरपालिकालाई अटेर गरेको स्थानीयहरुको भनाई छ । यसै विषयमा वडा अध्यक्ष प्रकाश फुयाँलसंग कुराकानी गर्दा थापाले नगरपालिकाको मापदण्डलाई उल्लंघन गरेको स्वीकारेका छन् । सार्वजनिक जग्गा मिचेको कुरामा आफु जानकार नभएको र त्यसमा कारवाही गर्ने निकाय आफूहरु नभएको उनले बताएको छ । राष्ट्रिय खेलकुद परिषद अन्र्तगतको जग्गा भएकोले आफुले त्यस विषयमा बोलेर केही अर्थ नहुने बताए । फुयाँलले उक्त जग्गा संरक्षणको जिम्मा परिषद आफैले गर्नुपर्ने बताउँदै बस्ती विकासका लागि आफुहरुले स्थान माग गर्दा समेत खेलकुद परिषद नमानेको तर्क गरे ।


त्यस क्षेत्रमा आफुहरु निर्वाचित भएर आउनु आगाडी नै धेरै जसो सार्वजनिक जग्गा अतिक्रमण भएको वडा अध्यक्ष फुयाँलले बताए । ती जग्गाको लेखाजोखा र संरक्षणको जिम्मा परिषदलाई नै भएकोले त्यस विषयमा कामकारवाही गर्न आफ्नो क्षेत्रधिकार नरहेको दावी गरे । खेलकुद परिषदको जग्गा संरक्षणको जिम्मा स्थानीय सरकारलाई नभएको तर्क गरे । हामीले जग्गा मिचिएको बारे तथ्यांक माग्दा वडा अध्यक्ष फुयाँलले आफूसंग नरहेको बताए । तर खेलकुद परिषदले स्थानीय तहमा प्राकृतिक स्रोत प्रयोग गरेबापत पाउनुपर्ने रोयल्टी नपाएकोमा चाही दुखेसो पोखे ।

त्यस्तै यस विषयमा उपमेयर विन्दू पुडासैनी (सिम्खडा) संग टेलिफोन सम्पर्क गर्दा उक्त घरले सार्वजनिक जग्गा मिचिएको र नगरपालिकाले निर्माण कार्य रोक्का गरी मापदण्डविपरीत निर्मित घर भत्काई सकेको बताईन् । तर स्थलगत समाचार सम्प्रेशनमा पुगेका सहकार्मीहरुले भने घर निर्माण धमाधम भईरहेको बताएका छन् । उपमेयर पुडासैनीका अनुसार १० दिन अगाडी नगरपालिकाबाट इन्जिनियार सहितको टोली पुगेर भत्काएको बताईन् ।


उपमेयर पुडासैनीका अनुसार घर निर्माण गर्दा सार्वजनिक जग्गा मिचिएको भन्दै नगरपालिकाले घर भत्काएको स्वीकारे पनि राष्ट्रिय खेलकुद परिषद लागि कोडिनेटर समेत रहेका राधाकृष्ण विष्टले भने परिषदको जग्गा नमिचिएका र भ्रमक समाचार नलेख्नु भन्दै उल्टै पत्रकारमाथी खनिए । तर उनकै भनाई अनुसार केही भू–माफियाहरुले भने अतिक्रमण गर्न खोजिएको भन्दै त्यसको लागि वाल लगाएको बताए । युवा तथा खेलकुद मन्त्रालय अन्र्तत रहेको राष्ट्रिय खेलकुद परिषदको जग्गामा क्यानले खेल प्रयोजनका लागि मात्र ठाउँ लिएको बताए । अमूल थापाको विषयमा परिषदको जग्गामा कुनै अवरोध नपु¥याएको र त्यस विषयमा भ्रमक समाचार नलेख्न चेतवानी दिए ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top