हिउँले सेत्ताम्मे लाप्राक (तस्बिरमा हेर्नुहोस्)

हिमपातपछि चिसो
गोरखा –गोरखाको लाप्राकस्थित गुप्सीपाखा गाउँमा बाक्लो हिउँ परेको छ।
एनआरएनएले बनाइदिएका घर हिमपातपछि सेत्ताम्मे देखिएका छन्।
गुप्सीपाखा दुई हजार सात सय मिटर उचाइमा छ। शुक्रबार र शनिबार यहाँ हिमपात भएको थियो।
०७२ को भूकम्पपछि लाप्राकीलाई एनआरएनएले यहाँ दुई कोठाका घर बनाइदिएको छ। तर लाप्राकीहरू पुरानो गाउँ छाडेर यहाँ बसोबास गरिसकेका छैनन्।
शौचालय, नालीजस्ता पूर्वाधार निर्माणका काम सकिएका छैनन्। यहाँ एकै ठाउँमा करिब ६ सय घर छ।
हिमपातपछि चिसो बढेको छ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)