नेपाली   |  English

सेनामा खुल्यो २०० सेकेण्ड लेफ्टिनेन्टको जागिर


A A A

फागुन २१ गतेसम्म दरखास्त दिन सकिने

काठमाडौं – नेपाली सेनामा अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टिनेन्ट’को जागिर खुलेको छ।

यस वर्षका लागि सेनाले दुई सय जना अधिकृत क्याडेटको भर्ना खोलेको हो।

सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले बिहीबार सूचना प्रकाशित गरी अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको हो।

खुलातर्फ १ सय ५, समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाति, २५ मधेसी, १४ दलित, ५ अमर सैनिक सन्तति र ४ पद पिछडिएको क्षेत्रमा भर्ना आह्वान गरिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।

आजैदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top