नेपाली   |  English

भक्तपुरमा बसका सह–चालकले कुटे यात्रु

सांकेतिक तस्बिर

A A A

घटनामा एकजना यात्रुको हातमा चोट लागेको छ ।

काठमाडौं – भक्तपुरको दूधपाटीमा एक सार्वजनिक यातायातका सह–चालकले यात्रुमाथि कुटपिट गरेका छन् ।

आइतबार बिहान बा ४ ख ७४१ नम्बरको बसमा यात्रुलाई कुटपिट गरेको पाइएपछि प्रहरीले सह–चालक २० वर्षीय सुदीप खड्कालाई पक्राउ गरेको छ । भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार खड्काविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार कमलविनायकबाट रत्नपार्कका लागि चढेका यात्रु लिएर उक्त बस दूधपाटीस्थित बसपार्कमा आएको थियो । त्यहाँ गाडी रोकिने भएपछि यात्रुले किन पहिल्यै जानकारी नगराइएको भनेर प्रश्न गरेका थिए ।

‘सिधै जान्छ भनेपछि चढ्नु भएको रहेछ, ढिला हुने भएपछि विवाद भयो’, गिरीले भने, ‘त्यसक्रममा सह–चालकले कुटपिट गरेका हुन् ।’ घटनामा एकजना यात्रुको हातमा चोट लागेको छ ।

भक्तपुर अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् । उनैले मुलुकी अपराध संहिताको दफा ११८ मा भएको अभद्र व्यवहार सम्बन्धी कसूरमा खड्काविरुद्ध जाहेरी दिएका थिए ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top