नेपाली   |  English

हान र होटल मजदुरबीच नयाँ सम्झौता : पाँचतारे होटलका कर्मचारीले मासिक ५ हजार तलब पाउँने


A A A

२०२१ डिसेम्बरसम्म लागू हुने उक्त सहमति

काठमाडौं – कोभिड–१९ को विश्वव्यापी महामारीका कारण भएको लकडाउनले बन्द रहेका होटल व्यवसायी र मजदुरबीच सहमति भएको छ। लकडाउनले होटल व्यवसाय पूर्ण रूपमा धरासायी भएको अवस्थामा त्यस्ता प्रतिष्ठानहरूमा कार्यरत श्रमिक तथा कर्मचारीहरूको पारिश्रमिक भुक्तानी सम्बन्धी विषयको समस्या समाधान गर्न होटल संघ नेपाल (हान) र मजदुरबीच सहमति भएको हो।

मजदुर र होटल व्यवसायीको समस्या समाधान र व्यवस्थापन गर्न असार २८ गते गरिएको सामूहिक सम्झौता पुस १६ सकिएको र हालसम्म पर्यटन क्षेत्रमा कोभिड–१९ का कारणले कुनै सुधार नआएकाले श्रमिक तथा कर्मचारीको जीवनयापनसहित रोजगारीमा सहजीकरण गर्न मंगलबार होटल संघले नयाँ सहमति गरेको हो।

सहमतिमा हानको तर्फबाट अध्यक्ष सृजना राणा, होटल संघ नेपालका पदाधिकारी र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीनवटा केन्द्रीय ट्रेड युनियनका अध्यक्षहरु र पदाधिकारीले हस्तारक्षर गरेका हुन्।

उक्त सहमति अनुसार पाँचतारे होटल तथा रिसोर्टहरूका कर्मचारीले मासिक ५ हजार रूपैयाँ, चारतारेका कर्मचारीले मासिक ४ हजार र तीनचारे होटल तथा रिसोर्टका कर्मचारीले मासिक ३ हजार रूपैयाँ तलब पाउने छन्।

त्यसैगरी, २ तारे होटल तथा रिसोर्टका कर्मचारीले मासिक २५ सय, एक तारेकाले २ हजार रूपैयाँ तलब पाउने समहतिमा उल्लेख छ। यता, पर्यटकस्तरीय होटल तथा रिसोर्टका कर्मचारीलाई भने आपसी सहमतिमा तलब उपलब्ध गराइने छ। २०२१ डिसेम्बरसम्म लागू हुने उक्त सहमतिमा विभिन्न १० बुँदा रहेका छन्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top