नेपाली   |  English

६ महिनामा सानिमा बैंकले आर्जन ग¥यो १ अर्बबढी खुद नाफा


A A A

बैंकको निक्षेप २.७९ प्रतिशतले १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ

काठमाडौं – कान्छो वाणिज्य बैंक सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बुधबार सार्वजनिक बैंकको अपस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ ।

६ महिनामा बैंकको निक्षेप २.७९ प्रतिशतले १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने कर्जा ११.८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top