नेपाली   |  English

महालक्ष्मी लाईफ इन्स्यारेन्सले आईपीओ निष्काशन गर्ने तयारीमा


A A A

फागुन ३ गते होटल र्याडिसनमा साधारणसभा

काठमाडौं - महालक्ष्मी लाइफ इन्स्यारेन्सले साधारण सेयर (आईपीओ) निष्काशनका लागि तयारी शुरु गरेको छ । मुलुकको सबैभन्दा कान्छो बिमा कम्पनी महालक्ष्मीले आईपीओ जारी गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको हो । साधारणसभाले पारित गरेपछि आईपीओ निष्काशन प्रक्रिया शुरु हुनेछ ।

कम्पनीले फागुन ३ गते सोमबार होटल र्याडिसनमा साधारणसभा बोलाएको छ । उक्ता साधारणसभामा ५ जना सञ्चालनको निर्वाचन समेत गर्नेछ । सोहि साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्ने महालक्ष्मीले जानकारी दिएको छ ।

नयाँ जीवन बिमा कम्पनीहरुले मध्ये रिलायन्स लाइफ इन्स्यारेन्स र प्रभु लाइफ इन्स्यारेन्सले आर्यपीओ जारी गरिसकेका छन् ।बाकी ८ वटा जीवन बिमा कम्पनीहरुले आईपीओ जारी गर्नुपर्नेछ । महालक्ष्मी लाइफ कान्छो बिमा कम्पनी भए पनि कम्पनीका सीईओ रमेशकुमार भट्टराई भने बिमा कम्पनीका सबैभन्दा पुराना सीईओ हुन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top