नेपाली   |  English

पूर्वमन्त्री गोकर्ण बिष्टलाई मातृशोक

फाइल तस्बिर

A A A

आमाको अभावमा हुने पीडा शब्दमा व्यक्त गर्नै सकिनँ।

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता एवं पूर्वमन्त्री गोकर्ण बिष्टलाई मातृशोक परेको छ। बिष्टकी आमा चिन्तकला बिष्टको मंगलबार निधन भएको हो।

बिष्टले सामाजिक सञ्जालमार्फत आमाको निधन भएको जानकारी गराएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘आज मलाई जन्मदिने आमालाई मैले सधैँका लागि गुमाएको छु। आमाको अभावमा हुने पीडा शब्दमा व्यक्त गर्नै सकिनँ। आमा, हजुरले बाल्यकालदेखि समाजको हितमा लाग्न दिनुभएको प्रेरणालाई म सदैव पछ्याइरहनेछु।’


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top