कविता ' नेपथ्य र योगमाया '

समयबाट बलात्कृत भएर .............
नेपथ्य र योगमाया
अरुणको अविरलतमा गति थप्ने
युगिन चेतनाको लय
विलय भए पश्चात
नदीमा समाहित एउटा घाम
र
कयौँ दिव्य ज्योतिहरु
त्यो बिहानीको पर्खाईमा छन्
जहाँ
चरम उज्यालोको अनुभव गराउन
समुन्द्रबाट उदाउने
घामको तापमा चेतनाको प्रकाश थपिनेछ
अब
म ध्वस्तताको सामथ्र्य राख्ने नदी बन्ने छु
र
समयबाट बलात्कृत भएर
अरुणको त्यो लय
मेरो गर्भमा समाहित गराउने छु
अनि जन्माउनेछु हजारौँ योगमायाहरु
सबिना खत्री

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)