नेपाली   |  English

सरकारलाई पूर्वराजा ज्ञानेन्द्रको चुनौती : 'दरबार हत्याकाण्डको छानबिन गर्न पूर्ण अधिकार छ'

फाइल तस्बिर

A A A

जनताको मत पाएका सत्तासिन व्यक्तिहरूलाई वहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ।

काठमाडौं – २०५८ साल जेठ १९ गते तात्तकालिन राजा विरेन्द्र सहित राजपरिवारको हत्या भएको थियो । उक्त हत्याको आरोप पूर्व राजा ज्ञानेन्द्रमाथी अप्रत्यक्ष रुपमा लाग्दै आएको छ । यहि सन्दर्भम पूर्व राजा ज्ञानेन्द्रले वर्तमान सरकारलाई दरबार हत्याकाण्डको छनबिन गरि हत्यारा पत्ता लगाउन चुनौती दिएका छन् ।

हिजो राजा विरेन्द्रको ७६ औं जन्म जयन्तिको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो भनाई सार्वजनिक गर्दै वर्तमान सरकारलाई दरवार हत्याकाण्डको छानविन गर्न चुनौती दिएका हुन् । ट्विटरमा पूर्वराजा ज्ञानेन्द्र लेख्छनः– प्रत्यक्ष/परोक्ष रूपमा विभिन्न भावभङ्गीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजू र वहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराहरूले हामीलाई निक्कै मर्माहत तुल्याउने गर्दछ। जनताको मत पाएका सत्तासिन व्यक्तिहरूलाई वहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top