नेपाली   |  English

श्रमिकको नाममा अनुदान संकलन गरेर ट्रेकिङ्ग कम्पनी मोजमस्ती र पाँचतारेमा,मजदुरलाई दुई छाक खान धौधौं


A A A

श्रमिकहरुको नाम बेचेर ट्रेकिङ्ग कम्पनीहरुले अनुदान संकलन गरेर आफ्नो भुडी भरेको र मजदुरहरुलाई कुनै राहत प्रदान नगरेको बताए

  • सन्तोष ढकाल

काठमाडौं – पर्यटनको मेरुदण्डको रुपमा मानिने पर्यटन श्रमिकहरु यतिबेला मर्कामा परेका छन्। चीनको बुहान शहरबाट बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण विश्व पर्यटन ठप्प भएको छ, जसको कारण नेपालका पर्यटन श्रमिकहरु रोजगार बिहिन हुनु परेको छ। बिशेष गरि साहशिक, सास्कृतिक, र्याफ्टिंग आदि क्षेत्रमा काम गर्ने श्रमिकहरु अत्याधिक मारमा परेका छन्। लामो समय पर्यटन ठप्प हुँदा श्रमिकहरुलाई मानसिक, सामाजिक तथा पारिबारिक तनाब बढ्न थालेको छ ।

बिगत २० वर्षदेखी पर्यटनमा भरियाको रुपमा काम गर्दै आएका हरि ढकाल कोरोना महामारी कै चपेटामा परेर मरिन्छ कि जस्तो लाग्न थालेको बताउँछन् ।
'कोरोना महामारिले गर्दा भोक भोकै मरिएला जस्तो लाग्न थालेको छ। पर्यटनमा लामो समयसम्म काम गर्दा पनि आर्थिक रुपमा जीवनस्तर उकास्न नसकेको ,सम्बन्धित संघ–सस्था र सरकारले पनि वेवास्ता गरेको छ' उनले भने 'यस्तो अवस्था छ ।अब कसरि बाच्ने, छोराछोरी कसरि पढाउने, भाडा कसरि तिर्ने भन्ने चिन्ताले सताएको छ ।'

त्यस्तै पर्यटनमा लामो समय भरिया हुँदै शेर्पा र अहिले ट्रेकिङ्ग गाइड गर्दै आएका अर्का श्रमिक जे बि रार्इले आफुहरु विना बाबुआमाको टुहुरा सन्तान जस्तो हुनु परेको बताए । 'पर्यटन क्षेत्रमा यस्तो समस्या आएका छन्, पेट पाल्न हामीलाई धौधौ छ तर सरकार,सम्बन्धीत संघसंस्था हाम्रो पीडामा मलम लगाउन आउँदैनन् हामि त बिना बाबु आमाको टुहुरा सन्तान जस्ता हुन परेको छ' उनले भने 'नेपालको पर्यटनलाई यो उचाइमा पुर्याउन हामि श्रमिकहरुको ठुलो भूमिका रहेको छ। उच्च जोखिम बहन गरेर उच्च हिमाली क्षेत्रमा पर्यटकहरुलाइ घुमाउन लगेका हुन्छौ। जहाँ लेक लाग्ने सम्भाबना अत्याधिक बढि हुने गर्दछ र ज्यानै समेत पनि जाने गर्दछ। लेक लाग्ने डर, हिमपात होला भन्ने डर, हिउँमा हिड्दा चिप्लेर लड्ने जस्ता विभिन्न जोखिमका बाबजुद पनि हामीले पर्यटकहरुलाई घुमाएर नेपाललाइ संसारमा चिनाउने काम गरेका छौ। हाम्रो भूमिका उच्च हुँदाहुदै पनि आपतमा पर्दा कसैको ध्यान हामीतिर नजानु दु:ख लाग्दो छ।'

राई भन्छन् 'नेपालमा पर्य़टन श्रमिकहरुको हक, हित र अधिकारको लागि भन्दै गठन भएका कयौ युनियनहरु छन् तर दुर्भाग्य उनीहरुले पनि कुनै पहल गरेनन। युनियनहरु श्रमिकबाट लेबी उठाएर आफ्नो तलब खाने र हाम्रो टाउको देखाएर लुट्ने काम मात्रै गरे ।कुनै काम, ब्यापार र पैत्रिक सम्पति बिना काठमाण्डौंमा उनीहरुको महल कसरि बन्यो ? यसको छानबिन पनि गर्नु पर्ने बेला भएको छ।

अर्का ट्रेकिङ्ग गाइड गोपाल लिम्बुले पनि आफ्ना दु:ख पीडा त्यसरी नै वेलिविस्तार लगाउँछन् । कोरोनाको माहामारीमा श्रमिकहरुको नाम बेचेर ट्रेकिङ्ग कम्पनीहरुले अनुदान संकलन गरेर आफ्नो भुडी भरेको र मजदुरहरुलाई कुनै राहत प्रदान नगरेको बताए । आफुलाई काम लाग्दा प्रयोग गर्ने र नचाहिदा मिल्काउने प्रवृती उनहिरुमा रह्यो यो पर्यटन क्षेत्रकै लागी दुभार्गको कुरा हो । लिम्बुले नेपाल पर्यटन बोर्डले पनि करोडौ रकम पर्यटन मजदुरको नाममा उठाएर रजाइ गरेको आरोप लगाए ।

त्यस्तै पोखराका पर्यटन श्रमिक बिष्णु देबकोटाले टान र नेपाल पर्यटन बोर्डले पनि टिम्स कार्डको नाममा मजदुरको लागि पनि भन्दै उठाएको पैसा बिदेशमा घुम्न गएर, पाचतारे होटलमा भोज गरेर दुरूपयोग गरेको बताउँछन् । देबकोटाले कोरोना माहामारीको समयमा कोषमा रहेको रकम बाडफ़ाड गरेर राहत दिनुपर्ने ठाउँमा टानले टुरिजम बोर्डलाई र टुरिजम बोर्डले टानलाइ देखाएर पन्छिन खोजेको भन्दै आक्रोश पोखे ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top