१६ वर्षीया किशोरी बलात्कारको आरोपमा ललितपुरका एक युवक पक्राउ

किशोरीलाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गर्दै आएको उजुरी
काठमाडौं – ललितपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका ८ लुभु टाउन प्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठ रहेका छन् ।
श्रीकृष्णले ती किशोरीलाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गर्दै आएको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)