नेपाली   |  English

नेपालको निर्णायक मतले गर्दा गाजा लागुपदार्थको सुचीबाट हट्यो

गाजाको व्यबसाहिक खेती । फोटो: ग़ाउन्ड रिपोर्ट बाट

A A A

नेपालको तर्फ बाट अष्ट्रियाका राजदूत प्रकाश कुमार सुवेदीले मतदान गरेका थिए, गत नोभेम्बरमा युरोपियन युनियन अदालत जस्टिस (ECJ) ले पनि गाजाबाट उत्पादित उत्पादनहरू मादक पदार्थ नभएको फैसला सुनाएको थियो

संयुक्त राष्ट्रसंघको नारकोटिक ड्रग्स आयोगले गाजालाई खतरनाक लागूपदार्थको श्रेणीबाट हटाउने मतदान गत बुधोबार भेनामा गरेको थियो जसमा संयुक्त राष्ट्रसंघको ५३ सदस्य राष्ट्रहरु छन् ।

गाजालाई खतरनाक लागूपदार्थको श्रेणीबाट हटाउने या कायम राखने भन्ने मतदानमा ५२ राष्ट्रहरुको प्रतिनिधिले मतदान गरेका थिए । जसमध्य गाजालाई खतरनाक लागूपदार्थको श्रेणीमा रक्नु पर्नेमा २५ राष्ट्रले मतदान गरेको थियो भने नेपाल सहित २७ राष्ट्रले विपक्ष्यमा मतदान गरेको थियो ।

नेपालकोतर्फ बाट अष्ट्रियाका राजदूत प्रकाश कुमार सुवेदीले मतदान गरेका थिए । सुवेदीको मत नै निर्णायक मत बनेको थियो गाजालाई खतरनाक लागूपदार्थको श्रेणीबाट हटाउनलाई र यस मतदान संगै अब गाजा लागुपदार्थ नभई अन्य औषधी जन्यवस्तु सरह भएको छ ।

नेपालकोतर्फ बाट अष्ट्रियाका राजदूत प्रकाश कुमार सुवेदीले तुइटरमा लेखेका छन्, " नेपालले पनि गाजालाई लागुपदार्थबाट हटाउने पक्ष्यमा मतदान गरेको छ तर पनि गाजालाई लागुपर्दाथको रुपमा प्रयोग गर्न पहिने छैन ।"


यो निर्णयसंगसगै नेपाललाई अबको आउदो दिनहरुमा गाजालाई व्यबसाहिकरण गर्ने बाटो खोलेको छ । 

गत नोभेम्बरमा युरोपियन युनियन अदालत जस्टिस (ECJ) ले पनि गाजाबाट उत्पादित उत्पादनहरू मादक पदार्थ नभएको फैसला सुनाएको थियो जसले गर्दा हेम्प फेब्रिक, गाजाको तेल र अन्य निर्यात उत्पादहरुलाई बजारीकरण गर्न सहज भएको छ ।

सामजिक प्रयोगकर्ता हरुले पनि नेपाल सरकारको यो कदमलाई स्वगत गरेको पाहिन्छ । मनोज चिमरियाले फेसबुकमा लेख छ, " नेपालको मत नै निर्णायक भयो! धन्यवाद नेपाल सरकार !"

गाँजा खेती नेपालमा पनि गर्नु पर्छ भनेर नेपालको संसददेखी संचारसम्म खुलेरै बहस गर्दै आएका प्रतिनिधि सभा सदस्य शेर बाहादुर तामांगले पनि आफ्नो फेसबुक पेजमा लेखेका छन्, " गाँजा खेतीको कानूनी मान्यताको लागी बाटो खुल्यो ! "


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top