नेपाली   |  English

चन्द्रमाबाट ढुंगा–माटो ल्याउने प्रयासमा चीन,अन्तरिक्ष यान चन्द्र सतहमा सफल अवतरण


A A A

नासाले चीनलाई बधाई समेत दिएको छ ।

काठमाडौं – चन्द्रमाको ढुंगा ल्याउने प्रयासमा रहेको चीनको अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफल रुपमा अवतरण गरेको छ ।

२३ नोभेम्बरमा पृथ्वीबाट गएको अन्तरिक्ष यान मंगलबार राति चन्द्रमाको सहतमा अवतरण गरेको हो । चीनको रोबोटिक च्याङ्ग’इ–५ अभियान अन्तर्गत चीनले यान पठाएको हो ।

चीन यो अभियानबाट चन्द्रमाको ढुंगा र माटो पृथ्वीमा ल्याउन चाहन्छ । चीनको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशाना बनाएको छ ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन तथा त्यहाँका सामग्री सङ्कलन गरेर बिताउनेछ।

चन्द्र सहतमा अवतरण भएको ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडारसहितका यन्त्र छन् ।

ल्याण्डरले झण्डै दुई किलो ढुंगा तथा माटो संकलन गरी त्यसलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ । असेन्डरले त्यसलाई पृथ्वीमा ल्याउने छ ।

यो अभियानमा सफल भएमा ४४ वर्षपछिको पहिलो सफल अभियान हुनेछ । त्यो बेला तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।

सबै तय गरे अनुसार भएमा चिनियाँ यान चन्द्रमाको ढुंगा तथा माटो लिएर डिसेम्बरको अन्त्यतिर मङ्गोलियाको घाँसे मैदानमा अवतरण हुनेछ ।

अहिलेसम्म अमेरिका र रुसले मात्रै चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएका छन् । हालको अभियानमा सफल भएमा चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल हुनेछ ।

अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफल रुपमा अवतरण भएपछि अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले चीनलाई बधाई समेत दिएको छ ।

चीन चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएमा त्यसले अध्ययनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चीनले यसअघि दुई पटक यो प्रयास गरे पनि सफल हुन सकेको थिएन । यो पटक भने आशा र उत्साह रहेको चिनियाँ अधिकारीले बताएका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top