नेपाली   |  English

तनहुँमा कांग्रेस नेता पौडेलले पुल उद्घाटन गर्न लागेपछि युवा संघको नाराबाजी


A A A

पुल उद्घाटन गर्ने स्थानमा बिहानैदेखि नेपाल प्रहरी परिचालन गरिएको

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन, युवा संघका कार्यकर्ताले तनहुँमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन र नाराबाजी गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम छ।

पुल उद्घाटन कांग्रेस नेता पौडेलले गर्न नहुने भन्दै युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन र कोणसभा गरेका छन्।

पुल उद्घाटन गर्ने स्थानमा बिहानैदेखि नेपाल प्रहरी परिचालन गरिएको छ।

तत्कालीन जिविस अन्तर्गत प्राविधिक कार्यालयले यो पुल निर्माण गरेको थियो। व्यास नगरपालिका आयोजक भएर पुल उद्घाटन गर्ने तयारी गरिएपछि नेकपा र युवा संघले विरोध गरेका हुन्।

मंगलबार वरिष्ठ नेता पौडेलले व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा व्यास १४ र ऋषिङ १ जोड्ने सुडेँको पुल उद्घाटन गरेका थिए।

भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट विनियोजन भएर निर्माण गरिएको पुल व्यास नगरपालिकाले उद्घाटनको आयोजना गरेको भन्दै नेकपाले विरोध गरिरहेको छ।

वरिष्ठ नेता पौडेलले आफ्नै पालामा शिलान्यास गरिएको र बजेटसमेत व्यवस्था गरिएकोले कांग्रेसले पुल उद्घाटन गर्नु स्वभाविक भएको बताएका छन्।

यो पुल उद्घाटन नगर्न स्थानीय प्रशासनले पनि पौडेललाई आग्रह गरेको थियो। प्रशासनले व्यास नगरपालिकालाई पत्र पठाउँदै पुल उद्घाटन नगर्न भनेको थियो।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top