नेपाली   |  English

नेकपा सचिवालय बैठक एक घण्टाका लागी स्थगित

फाइल तस्बिर

A A A

बैठक सार्न महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरे

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एक घण्टा स्थगित गरिएको छ । दिउँसो एक बजे बालुवाटारमा बैठक बोलाइएको थियो ।

आफू केही समय अन्य काममा लाग्नुपर्ने भएकाले बैठक सार्न महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका थिए । पौडेलको आग्रहपछि बैठक दुई बजेसम्म स्थगित गरिएको छ ।

दुई बजे बस्ने बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले पेश गरेको डकुमेन्ट माथि छलफल गर्ने तयारी भएको छ । हिजोकै बैठकबाट छलफल गर्ने भनिए पनि ओली र प्रचण्डबीच विवाद भएपछि छलफल रोकिएको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top