अभिनेत्री उर्मिला कांग्रेस छाडेर शिवसेनामा प्रवेश

उनी कांग्रेसको तर्फबाट निर्वाचन लडेकी थिइन्।
मुम्बई – बलिउड अभिनेत्री उर्मिला मातोडकर शिवसेना प्रवेश गरेकी छन्।
गत वर्ष भएको निर्वाचनमा उनी कांग्रेसको तर्फबाट निर्वाचन लडेकी थिइन्।
सो निर्वाचनमा उनलाई भारतीय जनता पार्टीका गोपाल शेट्टीले पराजित गरेका थिए।
निर्वाचनमा पराजय भोगेपछि उनले गत वर्ष सेप्टेम्बरमा कांग्रेस छाडेकी थिइन्। उनले पार्टी प्रवेश गरेको पाँच महिनामा सो पार्टी छाडेकी हुन्।
मंगलबार महाराष्ट्रका मुख्यमन्त्री तथा शिवसेना प्रमूख उद्धव ठाकरेको निवासमा उनले पार्टीको प्राथमिक सदस्यता लिएकी हुन्।
शिवसेना श्रोतले उर्मिलालाई राज्यपाल कोटाबाट विधान परिषद्को सदस्य बनाउने प्रयास भइरहेको जनाएका छन्।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)