नेपाली   |  English

अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ घाइते


A A A

चालकसहित १८ जना घाइते

काठमाडौं – अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

अछामको मंगलसेनबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस चौरपाटी गाउँपालिका ७ मा दुर्घटना भएको हो।

बस सडकखण्डबाट करिब ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ‍लोकेन्द्र सिंहले बताए।

उनका अनुसार दुर्घटनापछि सो गाडीमा सवार चालकसहित १८ जना घाइते भएका छन्। जसमध्ये एक जनाको बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए।

मृत्यु हुनेमा साँफेबगर नगरपालिका ३ का अन्दाजी १७ वर्षीय निरज कुँवर छन्।

घाइतेहरूलाई उपचारको लागि बयालपाटा अस्पताल पठाइएको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top