नेपाली   |  English

कोरोनाका कारण पोखरामा थप दुई संक्रमितको मृत्यु


A A A

उनमा दीर्घ रोग मिर्गौलाको समस्या र मधुमेह रहेको थियो।

काठमाडौं –पोखरा महानगरपालिकामा दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। वडा–२ का ५९ वर्षीय पुरुष र वडा ३२– अर्की ६६ वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो।

५९ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा १० गते मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। मृतकलाई ५ गते कोरोना पुष्टि भएको थियो। उनमा दीर्घ रोग मिर्गौलाको समस्या र मधुमेह रहेको थियो।

त्यसैगरी, ६६ वर्षीय संक्रमित महिलाको उपचारको क्रममा आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनलाई ५ गते कोरोना पुष्टि भएको थियो। दीर्घ रोग मधुमेह रहेको थियो।

योसँगै कास्कीमा कोभिड संक्रमणको कारण मृत्यु हुनेको संख्या ४६ छ। गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ११ हजार ५ सय ५६ पुगेको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top