नेपाली   |  English

गुल्मी जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको शनाखत


A A A

घटनामा ३ जना घाइते भएका छन् ।

गुल्मी – जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ। घटनामा ३ जना घाइते भएका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा इश्मा ४ का ६५ वर्षीय डम्मबरबहादुर धिताल, ३३ वर्षीय चिबबहादुर दर्लामी , ३० वर्षीय वशन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइतेहरुमा इश्मा ४ का १९ वर्षीय फर्सुराम थापा , २८ वर्षीया सरस्वती दर्लामी र कमल धिताङ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए।

घाइतेहरुलाई तम्घास ल्याइदै गरेको प्रहरीले जनाएको छ। जिप सडक देखि अनियन्त्रित भइ चार सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top