पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्ने सपना परिन बीबीसीको प्रभावशाली १०० महिलाको सूचिमा

सन् २०२० का १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी १८ वर्षीया रोका पनि परेका हुन्
काठमाडौं – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी नेपाली युवती सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन(बीबीसी) ले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।
बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० का १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी १८ वर्षीया रोका पनि परेका हुन् ।
सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री सना मरिन, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप विकास अभियानको नेतृत्व गरेकी सारा गिल्बर्टसहितका महिला छन् ।
सूचिमा परेकी उनले बेवारिसे शवहरुको व्यवस्थापन सँगै बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी पनि छन् ।

प्रतिक्रिया छोड्नुहोस्।
चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).
0 प्रतिक्रिया(हरु)