नेपाली   |  English

देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनीत ‘भूल’ मियुजिक भिडियो सार्वजनिक


A A A

गायक प्रविन दियालीको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन्

काठमाडौँ । अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनीत ‘भूल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रविन दियालीको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोलाई उज्वल जोशीले छायांकन, सम्पादन र रंगरोगन गरेका हुन् ।

विवेक रसाइलीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा अजय गुरुङको पनि अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको गीतमा प्रेम, विछोड र वियोगको कथा बुनिएको छ । भिडियोमा मेकिङ क्वालिटी उच्च देखिएको छ भने आशिरमान र शिल्पाको अभिनय मनछुने छ ।


२१ नोवेम्बेरमा युटूबमा अपलोड गरिएको भिडियो आजसम्म ३० हजार भन्दा धेरैले हेरिसकेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top