नेपाली   |  English

प्रख्यात हास्य कलाकार भारती सिंहको पति पक्रउ परे पछी सिंह पनि एनसीबीको संखाको घेरामा

प्रख्यात हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचिया

A A A

एनसीबीले भारती सिंहको घरबाट लागु औसध समेत बरामद गरेको स्रोतले जनाएको छ

एजेन्सी । लागूऔषध अनुसन्धान एजेन्सी (एनसीबी) आज प्रख्यात हास्य कलाकार भारती सिंहको पतिलाई पक्रउ गरेको छ । एनसीबीले प्रख्यात हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको घरमा शनिबार बिहान छापा मारेको थियो ।

छापा मारिएपछि एनसीबीले उनिहरु दुवैलाई सोधपुछका लागि कार्यालयमा लगेको हो । एनसीबीले भारती सिंहको घरबाट लागु औसध समेत बरामद गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छ्न। एनसीबीले भारती सिंहका पति हर्षलाई आफ्नो गाडीमा लिएर गएको थियो भने भारती आफ्नो रातो मर्सिडीजमा एनसीबी कार्यालय पुगेकी थिइन।

समाचार एजेन्सी एएनआईका अनुसार एनसीबी मुम्बईका अञ्चल निर्देशक समीर वानखेडेले भारतीको पति र भारती दुवैलाई एनसीबीले लागू पदार्थको बारेमा सोधपुछको लागि पक्राउ गरेको जनाएका छ्न।

ड्रग्सको कारोबारको आरोपमा पक्राउ परेकाहरु सङको बयानको क्रममा भारती सिंहको नाम जोडिएपछी उनीहरुलाई सोधपुछका लागि पक्राउ गरिएको हो।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top