नेपाली   |  English

‘डिसेम्बर फल्स’ २०७८ साउन १ गतेलाई प्रदर्शनमा आउने

"डिसेम्बर फल्स" को घोषणा कार्यक्रमका, मङ्गसिर ६, काठमाडौँ

A A A

निर्माता लक्ष्मण रिजाल र प्रविण झाको निर्देशनमा बन्न लागेको ‘डिसेम्बर फल्स’ मा अभिनय हुने छन् - आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरु

काठमाडौँ । चकलेटी अभिनेताको रुपमा परिचित आर्यन सिग्देल लामो समयपछि नयाँ फिल्ममा आबद्ध भएका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘चच हुईं’ पछि नयाँ फिल्म साइन नगरेका उनले प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी थ्रिलर फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनय गर्ने भएका छन् । शनिवार यो फिल्मको राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।

२०७८ साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको अभिनेत्रीको टुंगो लागेपछि छायांकन सुरु हुनेछ । आर्यनको अपोजिटका लागि अहिले एक अभिनेत्रीसँग कुराकानी भइरहेको फिल्मका कार्यकारी निर्माता लक्ष्मण रिजालले जानकारी दिए । फिल्ममा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

राम प्रसाद रिजालको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्मातामा राज कुमार भट्ट छन् । केदार भुषालको पटकथा तथा संवाद रहेको फिल्मलाई रवि नाइडुले खिच्नेछन् ।

फिल्मलाई शुभकामना दिन उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल सहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top