नेपाली   |  English

१९४५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि


A A A

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

काठमाडौंः नेपालमा थप १९४५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा ११०७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज ५३६४ जना निको भए । हालसम्म निको हुनेको संख्या १ लाख ९२ हजार २ पुगेको छ । हाल सक्रिय संक्रमित संख्या २४ हजार ६६५ पुगेको छ । पछिल्लो समय निको हुने संख्या बढ्दै जाँदा सक्रिय संक्रमित संख्या घटिरहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १२९८ पुगेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top