नेपाली   |  English

२ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


A A A

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८०५ नमुना परीक्षण गर्दा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ सय ५८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २७६ पुगेको छ।

यस्तै हालसम्म ७६७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पीसीआर परिक्षण भएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top