नेपाली   |  English

स्वतन्त्र देशभक्त युवाहरुको सहभागितामा राष्ट्र बचाउन अभियान - कैलाली

राष्ट्र बचाउन अभियानका अभियन्ताहरु तथा देशभक्त समाज बृहत मोटरसाईकलको र्‍याली

A A A

राष्ट्र बचाउन अभियानमा ३ हजार मोटरसाईकलको सहभागी भएको अनुमान गरिएको छ

धनगढी – राष्ट्र बचाउन अभियानका अभियन्ताहरु तथा देशभक्त समाजले हिन्दु राष्ट्र पुनर्स्थापना तथा संवैधानिक राजतन्त्र स्थापनको माग गर्दै कैलालीमा बृहत मोटरसाईकल र्‍याली निकालेको छ ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निश्केको र्‍याली कैलालीकै अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत हुने संयोजक रवीन्द्र कार्कीले जानकारी दिए ।

सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा निष्केको जुलुस तथा र्‍यालीमा सयौँ युवा तथा समर्थकको सहभागिता रहेको छ । हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित बृहत प्रदर्शन गरिएको आयोजकले बताएका छन् ।

अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध प्रदर्शन गरिएको कार्कीले बताए ।


उनले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट देशभक्त स्वतन्त्र युवाहरुको र्‍यालीमा सहभागिता रहेको जानकारी दिए । उनले भने ‘यो कुनै पार्टीको समर्थन र बिरोधमा नभई स्वतन्त्र देशभक्त युवाहरुको सहभागितामा राष्ट्र बचाउन अभियान चलाइएको हो ।’


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top