नेपाली   |  English

१ हजार ४४२ जना नयाँ संक्रमितमध्ये १ हजार ३८ काठमाडौं उपत्यकाका


A A A

देशभर ३ हजार ११२ नमुना परीक्षण गर्दा थप १ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११२ नमुना परीक्षण गर्दा थप १ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३५ सय ३८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ।

यस्तै हालसम्म ९१० जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परिक्षण भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लासहित विभिन्न १३ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५०० भन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल मनाङमा मात्रै शून्य संक्रमित रहेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top