नेपाली   |  English

नायिका एमी ज्याक्सनको टपलेस फोटो चर्चामा

नायिका एमी ज्याक्सन

A A A

एमी अघि नायक मिलिन्द सोमनले पनि आफ्नो नग्न फोटो सोसल मिडियामा सेयर गरेका थिए

एजेन्सी । बलिउडमा बोल्डनेसको सबै सीमा तोड्ने कुरामा विश्वास राख्ने नायिका एमी ज्याक्सन एकपटक पुनः चर्चामा आएका छिन् । एमीको सोसल मिडियामा एउटा फोटो निकै चर्चित भएको छ । फोटोमा एमी टपलेस देखिएकी छिन् ।


नायिकाले हालै आफ्नो एउटा सुन्दर फोटोसुट गराएकी थिइन् । उक्त फोटोसुटको एउटा फोटो एमीले इस्टाग्राममा सेयर गरेकी छिन् ।

ami jackson

© एमी ज्याक्सन


एमीको यो टपलेस फोटोले पाँच लाखभन्दा बढी लाइक पाइसकेको छ । प्रशंसकले पनि उनको यो तस्बिरमा विभिन्न प्रकारको प्रतिक्रिया दिइरहेका छन् ।
हुन त एमी ज्याक्सन सोसल मिडियामा आफ्ना एक वर्षका छोराको तस्बिर पनि सेयर गरिरहन्छिन् । उनले कोरोना कालमा छोरासँग निकै सुन्दर पल बिताउने मौका पाइन् ।

स्मरण रहोस्, एमी अघि नायक मिलिन्द सोमनले पनि आफ्नो नग्न फोटो सोसल मिडियामा सेयर गरेका थिए ।

sonama kapooor

© मिलिन्द सोमन

जन्मदिनको मौकामा उनले समुद्रको किनारामा दौडिरहेको आफ्नो एक तस्बिर सेयर गरेका थिए । फोटोमा मिलिन्द कपडा नै नलगाई दौडिरहेका थिए । तर उक्त फोटोका कारण मिलिन्दविरुद्ध एफआइआर दर्ता भएको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top