नेपाली   |  English

अतिथी शर्माको अरिगांलको टोकाईबाट मृत्यु

सुपुत्री अतिथी शर्मा

A A A

१४ वर्षीय अतिथी शर्मा नेकपा स्याङजाका अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसको छोरी हुन्

स्याङजा । नेकपा स्याङजाका अध्यक्ष गैह्रेकी छोरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।

नेकपा स्याङजाका अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसको १४ वर्षीय सुपुत्री अतिथी शर्माको निधन भएको छ । सुपुत्री शर्माको सोमबार पुतलीबजार नगरपालीका–१४ स्थीत लामागेमा अरिगांलले टोक्दा उपचारका क्रममा गण्डकी अस्पतालमा निधन भएको हो ।

सोमबार लामागेमा माथील्लो घरबाट तल्लो घरमा भाईटिका लगाउन जादाँ नजिकैको रुखमा रहेका अरिगांलले टोके हो । अरिगांलको टोकाईबाट घाईते अतिथीलाई उपचारका लागी गण्डकी अस्पताल पुराइएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक होबेन्द्र बोगटीले अनलाइन खबर हव लाई जानकारी दिएको छ । प्रहरी उपरिक्षक बोगटीको आनुसार अतिथीको उपचारका क्रममा गण्डकी अस्पतालमा साँझपख निधनको छ ।

अतिथीको परिवारमा बुवा, आमा र एक भाई रहेका छन् । हिजो मगंलबार पोखरामै अन्त्यष्टी गरिएको जानकारी छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top