नेपाली   |  English

अमेरिका पुगेका हिरोइनहरु कल-गर्लको पेसामा


A A A

कलाकारहरु कल गर्लको रुपमा काम गरिरहेको एउटा केस अमेरिकन पुलिसले अदालतमा पेस गरको छ

एजेन्सी । अमेरिकाका लोकल अथोरोति ( पुलिस ) को अनुसार त्यहाँ साउथ एशियाका कलाकारहरु कल गर्लको रुपमा काम गरिरहेको जानकारी भएको कुरा बाहिरिएको छ । जसमा भारत, तेलुगुका सिनेमासँग सम्बन्धित युवती र नायिकाहरू संलग्न रहेका पहिएको छ । चिकागो सहर यसको केन्द्र बन्दै गहिरहेको पनि एक प्रेस मीटमा जाकारी दिइएको छ । प्रहरीले एक तेलुगु दम्पतीलाई पक्राउ गरेको थियो । उनीहरुमाथि यो व्यवसाय चलाएको गम्भीर आरोप लगाइएको थियो।

अमेरिकाको संघीय प्रहरीका अनुसार तेलुगु सिनेमा कलाकारहरूलाई संयुक्त राज्य अमेरिकामा तेलुगु र अन्य सांस्कृतिक कार्यक्रममा भाग लिने बहानामा बोलाइएको थियो तर अमेरिका पुगेपछि उनीहरुलाई अर्कै काममा लगाइएको खुलेको हो ।

होमल्याण्ड सुरक्षा स्पेशल एजेन्ट ब्रायन होमिनले भने, ‘३४ वर्षीय किशन मोडुगुमुदी यसको मास्टरमाइन्ड हुन् र उनकी पत्नी चन्द्रकला मोदुगामुदी उसको व्यवसायिक साझेदार हुन् ।’ उनले इलिनोइस अदालतमा याचिका पनि दायर गरेको जनाएका छन् ।

किशनलाई राज चेन्नुपति भनेर पनि चिन्छन् । उनकी श्रीमती चन्द्रकलालाई विभा र विभा जया पनि भनेर चिन्ने गरिएको खुल्न आएको छ । अदालतमा दायर गरिएको ४२ पृष्ठको याचिकामा यसमा संलग्न महिलाको पहिचान खुलाइएको छैन । याचिकामा उनीहरूलाई ए, बी, सी, डी जस्ता कोड नाम दिइएको छ ।

अनुसन्धान अधिकारीहरूले यस व्यवसायको शिकार भएका केटीहरू बाहेक केही ग्राहकहरूलाई पनि सोधपुछ पनि गरेको भनेको छ । अधिकारीहरूले अदालतलाई आरोपीको घरबाट केहि डायरी र व्यापारका खाता पनि फेला परेको भनेको छ । नायिकाको साथ, उनीहरूका ग्राहकहरूको नाम पनि डायरी र खाताहरूमा रेकर्ड गरिएको फेला पारिएको अमेरिकी अधिकारीहरुको दावा रहेको छ ।

USA-Sex-Worker-5
किशन मोदुगुमुदी उर्फ राज चेन्नूपति केही फिल्म अभिनेत्रीहरुलाई अमेरिकामा बोलाएर यो कर्म चलाउने तयारीमा छन् । उनले भारतबाट युवतीहरुलाई नक्कली भिसामा अमेरिका बोलाउँन खोजेको कुराको पनि पर्दा खुल्यो । भारतबाट लालच दिएर अमेरिका बोलाउने अनी त्यहाँ पुर्यार यो कर्ममा लगाउने उनीहरुको पेशा भएको खुल्यो ।

विभा जयम शिकागो मा उनलाई सहयोग गर्दै आएका थिए । दिल्लीकी युवतीबाट प्राप्त भएको इमेल आईडी र फोन नम्बर पनि किशन मोडुगुमुदीको भएको खुल्यो । उसको अर्को ईमेल आईडी पनि छ । शिकागोमा उनको घर ईमेल आईडी द्वारा पत्ता लगाइएको हो ।


न्ययोर्क विमानस्थलमा एक नायिका
अध्यागमन अधिकारीहरूले २६ नोभेम्बर २०१७ मा मुम्बईबाट आएकी एक नायिकालाई नेवार्क विमानस्थलमा फेला पारेको थियो । शंका लागेपछि उनलाई केही प्रश्न गरियो ।

भिसा कागजातले देखाए अनुसार उनी धेरै विभिन्न सांस्कृतिक कार्यक्रममा संलग्न थिइन् र अमेरिकामा तीन महिना बस्ने तयारी रहेको थियो । भिसा कागजातहरूले बताए अनुसार उनी एक अभिनेत्री हुन् । अमेरिकामा हुने एक समारोहमा सम्मानित पाहुनाको रूपमा पुगेकी थिइन् ।

ती महिलाले अधिकारीलाई ‘राजु गारु’ नाम गरेको व्यक्तिले भिसाका लागि सहयोग गरेको खुलासा गरिन् । ति नायिका महिला टेक्सासको इरिविङ्गमा नयाँ वर्षको उत्सवको अवसरमा हलिउड नृत्यमा प्रदर्शन गर्न भनेर अमेरिका पुगेकी थिइन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top