नेपाली   |  English

विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने जिम्मा स्थानीय सरकारलाई (पूर्णपाठ सहित )

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

A A A

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा-२०७७’ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारलाई दिइएको छ

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) का कारण विगत ८ महिना देखी बन्द रहेका विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने जिम्मा स्थानीय सरकारले पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा-२०७७’ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारलाई दिइएको छ ।

विद्यालय बन्द वा पुन: सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तहले उपलब्ध भएसम्म जनप्रतिनिधि, शिक्षाविद्, शिक्षक महासंघ, विद्यालय सञ्चालकहरुको छाता संगठनका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापनि समिति, अभिभावक संघ, स्वास्थ्यकर्मी, बाल युवा क्लवका प्रतिनिधिसँग छलफल गर्नुपर्ने कार्यढाँचामा उल्लेख गरिएको छ ।

संक्रमणको जोखिम नरहेको वा न्यून रहेको ठाउँमा आलोपालो सिफ्ट वा अन्य उपयुक्त मोडालिटीको प्रयोग गर्न सकिने छ ।

कार्यढाँचाको पूर्णपाठ


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top