नेपाली   |  English

नेपाल इन्स्योरेन्स कम्पनी २०.१५ नाफामा

नेपाल इन्स्योरेन्स कम्पनी ली.

A A A

कोरोनाको महामारीमा पनि नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा निकलेको छ

काठमाडौं । कोरोनाको महामारीमा पनि नेपाल इन्स्योरेन्स कम्पनी ली. ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको सूचांकमा प्रगति गरेको छ ।

कम्पनीले यस अवधिसम्ममा १९ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २० दशमलव १५ प्रतिशतले बढी हासिल गरेको देखिन्छ ।

१ अर्ब १५ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३८ करोड ९२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३९ करोड ५७ लाख रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष घटेको छ । कम्पनीको बीमा कोषमा ४५ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ५ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९१ लाख रुपैयाँ मात्र मुनाफाआर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले ११ प्रतिशत बढीले नाफा निकालेको देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ५७ लाख २८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीले ३३ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top