नेपाली   |  English

भोलिको सचिवालय बैठकमा ओली पक्षको आग्रहलाई विचार गरिने


A A A

ओली पक्षको आग्रहलाई विचार गरेर भोलिको सचिवालय बैठक थप लम्बिन पनि सक्ने सम्भावना रहेको एक नेता बताउछ ।

काठमाडौँ । मंसीर ३ गते (अर्थात भोलि) दिउँसो १ बजे निर्धारित नेकपा सचिवालय बैठक सार्ने प्रधानमन्त्री तथा अध्यक्षको सचिवालयबाट प्रचण्ड-माधव पक्षसँग प्रस्ताव गरेको छ । ।

यसअघि भोलिको बैठक सार्न एकाएक ओलाङ्ग्चुङ्ग्गोला जाने कार्यक्रम तय हुँदै थियो । तर,आज उक्त कार्यक्रम रद्ध भएको छ । यसै सिलसिलामा बैठकको समय लिन र आवश्यक प्रबन्ध मिलाउन महासचिव विष्णु पौडेल आज बिहान सबेरै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुग्नुभएको छ ।

पौडेल खुमलटार पुगेको विषयलाई भोलिको बैठक स्थगित भएको रूपमा बालुवाटारले व्यापक प्रचार र छरपस्ष्ट पारेको देखिन्छ । यद्यपि बैठक स्थगितको टुंगो नभइसकेको बताइन्छ । तर, बैठक भएपनि प्रधानमन्त्री तथा अध्यक्षचाहिँ अनुपस्थित नहुने पक्का भएकाले एक पक्षीय उपस्थितिबाट मात्रै गरिएको निर्णय मान्ने नहुने खतरा पनि उत्तिकै छ ।

बुधबारको सचिवालय बैठकबाट स्थायी कमिटीको बैठकको मिति तय गर्ने प्रचण्ड-माधव खेमाको तयारी रहेको बुझिएको छ । तर, ओली पक्षको आग्रहलाई विचार गरेर भोलिको सचिवालय बैठक थप लम्बिन पनि सक्ने एक नेताले बताए । 


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top