नेपाली   |  English

के अब प्रधानमन्त्रीले गौतमलाई दोस्रो वरियताकोे उपप्रधानमन्त्रीसहित रक्षामन्त्रीमा बोलाउछ त !

नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतम

A A A

सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघि जारी अन्तरिम आदेश निष्क्रिय पारेको छ

काठमान्डाैं । सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघि जारी अन्तरिम आदेश निष्क्रिय पारेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा गौतमलाई मन्त्री नबनाउन सर्वोच्चले दिएको अन्तिरिम आदेश संवैधानिक इजलासबाट निष्क्रिय भएसँगै उनको मन्त्री बन्ने बाटो खुलेको छ। बर्दियाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भई पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले भदौ २९ मा राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको थियो। त्यसपछि गौतमविरुद्ध मन्त्री बन्न नपाउने र उनको राष्ट्रियसभा सदस्यतासमेत बदर हुनुपर्ने आदेश जारी गर्न माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो। यसअघि असोज ७ मा निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले गौतम राष्ट्रियसभा सदस्य हुन पाउने तर उनलाई मन्त्री बन्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको थियो।

‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा वामदेव गौतमलाई मन्त्री नबनाउन सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश संवैधानिक इजलासबाट निष्क्रिय भएसँगै उनको मन्त्री बन्ने बाटो खुलेको छ।

सर्वोच्चको यो आदेशले संविधानमा भएको कमजोरीलाई पनि उधिनिदिएको छ । संविधानले निर्वाचनमा पराजित व्यक्ति गत फागुनमा युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएझैँ गरी मन्त्री बन्न नपाउने व्यवस्था मात्र गरेको हो । तर,कोही पनि व्यक्ति सांसद बन्न पाउने तर मन्त्री बन्न नपाउने भन्ने विषय हुँदै नभएको बताइन्छ । उक्त विषयलाई स्पष्टरूपमा उल्लेख गर्नुपर्नेमा संविधान निर्माणताका व्यक्ति विशेषलाई हेरेर गरिएको संवैधानिक व्यवस्थाको कारण अहिलेको जटिलता निम्तिएको जानकारहरू बताउँछन् ।

यता,सरकारमा पनि रक्षा मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले सम्हाल्दै आउनुभएको छ । अब सम्भवतः प्रधानमन्त्रीले गौतमलाई दोस्रो वरियताकोे उपप्रधानमन्त्रीसहित रक्षामन्त्री बनेर सेनालाई ट्र्याकमा ल्याउनोस् भन्दै थप एम्बुस थाप्नसक्ने अड्कल लगाउन थालिएको छ । तर, जानकारहरुका अनुसार,"गौतम यसचोटि भने नफस्ने सोचमै दृढ़ देखिन्छ"।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top