नेपाली   |  English

सीके राउत नेतृत्वको पार्टी फुटेर "स्वाधीन मधेस जनअभियान, पार्टी"

स्वाधीन मधेस जनअभियान, पार्टी

A A A

महतोको नेतृत्वमा १४ सदस्यीय स्वाधीन मधेश जनअभियानको तदर्थ समिति आइतबार जनकपुरधाममा घोषणा गरेको छ

जनकपुर । सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन पार्टी फुटेको छ । सोही गठबन्धनका सहसंयोजक कैलाश महतोले ‘स्वाधीन मधेस जनअभियान’ नामक पार्टी घोषणा गर्दै पार्टी फुटाएका हुन् ।

महतोको नेतृत्वमा १४ सदस्यीय स्वाधीन मधेश जनअभियानको तदर्थ समिति आइतबार जनकपुरधाममा घोषणा गरिएको छ ।


आईतबार जनकपुरमा आयोजित कार्यक्रममा कैलाश महतोको संयोजकत्वमा १४ सदस्यीय स्वाधीन मधेस जनअभियान केन्द्रीय तदर्थ समिति गठन भएको हो ।
समितिका सदस्यहरुमा महोत्तरीबाट रमेश सिंह, पर्साबाट संजयकुमार साह, सिरहाबाट सतिला यादव, नवलपरासीबाट ध्रुवप्रसाद कहार (गौंड), कैलालीबाट महेन्द्रप्रसाद चौधरी, कपिलवस्तुबाट हकिकुल्लाह मुसलमान, बाराबाट दिनेशप्रसाद यादव छन् । यस्तै, सिरहाबाट देवकान्त सिंह, बाराबाट सुजित कुशवाहा, बाँकेबाट अनवर खान, रुपन्देहीबाट जगरनाथ साहनी, मोरङबाट प्रवीण महतो र सप्तरीबाट नारदमुनि मण्डलसमेत समितिमा सामेल भएको संयोजक महतोले आनलाइन खबर हव विरगंज साखलाई जानकारी दिएको छ ।

संयोजक महतोले देशमा समानता र समतामूलक समाज र विभेदरहित सामाजिक प्रणालीको स्थापना गर्न संगठन बनाएको जानकारी गराएका छन् । उनले काठमाडौं र मधेसका बीच समानतामा आधारित राजनीतिक, आर्थिक, सामरिक, प्रशासनिक र शासकीय सम्बन्ध स्थापित हुनुपर्ने पनि बताए ।

महतोले आफूले स्वतन्त्र र राजनीतिक अभियान शुरु गरेको भन्दै मधेससँग राज्यले गरेका विगतका सम्पूर्ण सहमति र सम्झौताहरुको खोजतलास गरी उचित व्याख्या र विश्लेषणको आधारमा कार्यान्वयन गर्न दबाब दिने पनि घोषणा गरेका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top