नेपाली   |  English

रोशी गाउँपालिकामा आपसी झगडा हुँदा एकको मृत्यु


A A A

जग्गाको विषयमा विवाद बढ्दै गएपछि झगडा भएको प्रत्यक्षदर्शी बताउ छ

रोशी गाउँपालिका । रोशी गाउँपालिका वडा नं ११ स्थित भैँसेडाँडामा शनिबार बिहान आपसी झगडा हुँदा एक जनाको घटना स्थलमै मृत्युु भएको छ ।

स्थानीय २६ बर्षिय सुब्बा बिशुंखे र ५५ बर्षिय खड्ग नेपालीबिच जग्गाको विषयमा विवाद बढ्दै गएपछि झगडा भएको प्रत्यक्षदर्शी बताउ छ । रोशी गाउँपालिका वडा नं ११ का वडाध्यक्ष मिलन लामाले पनि झगडाको मुख्य बिषय भनेको जग्गाको विवाद नै रहेको जानकारी अनलाइन खबर हवलाई दिएको छ । उनका अनुसार झगडाकै क्रममा एकआपसमा कुटाकुट हुनुको साथै बञ्चरो प्रहार पनि भएको थियो ।

उक्त घटनामा सुब्बा बिशुंखेको घटनास्थलमै मृत्यु भएको छ भने खड्ग नेपाली गम्भीर घाइते भएको वडाध्यक्ष लामाले जानकारी दिए । घाइते नेपालीको उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको उनले बताए ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जाकारी प्राप्त भएको छ । 


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top