नेपाली   |  English

धादिङबाट काठमाडौं आइरहेको स्कार्पियो दुर्घटना : ५ घाइते


A A A

घाइतेलाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं

काठमाडौं – धादिङबाट काठमाडौं आइरहेको स्कार्पियो दुर्घटना हुँदा मंगलबार पाँच जना घाइते भएका छन्।

बा१५च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका–८ ससाहमा बिहान ८ः४५ मा दुर्घटना भएको हो।

प्रहरीका अनुसार घाइते हुनेमा नीलकण्ठ नगरपालिका –३ का ३० वर्षीय विनोद खतिवडा, त्रिपुरा–सुन्दरी नगरपालिका–२ का ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ, नीलकण्ठ नगरपालिका–७ का २४ वर्षीय विक्रम विश्वकर्मा, काभ्रे रोशी गाउँपालिका–३ का ३१ वर्षीय चन्द्रलाल प्वापी र नीलकण्ठ नगरपालिका–३ का ३८ वर्षीय आइत नेपाली छन्।

गम्भीर घाइते भएका श्रेष्ठ र खतिवडालाई एभरेष्ट एयरको हेलिकप्टरबाट काठमाडौं र आइत नेपालीलाई एम्बुलेन्समा काठमाडौं उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले बताए।

श्रेष्ठ र खतिवडाको ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये श्रेष्ठ मुक्तिनाथ बैंक धादिङ शाखाका प्रमुख हुन्। उनीहरू सवार स्कार्पियो तीव्र गतिका कारण सडकबाट तल झरेको प्रहरीले जनाएको छ।

अवस्था सामान्य रहेका अन्य दुईको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको तिमिल्सिनाले बताए।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top