नेपाली   |  English

काठमाडौंको ओमबहालबाट १ करोड हुन्डीसहित ३ जना पक्राउ


A A A

एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ

काठमाडौं – एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।

डिआईजी सहकुल थापाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top