नेपाली   |  English

कोरोनाबाट मृत्यु भएका खनालको शव गाडेको ५ महिनापछि उत्खनन् गरेर दाहसंस्कार


A A A

मृत्यु पछि उनमा कोरोना संक्रमण देखिएको थियो।

सन्धिखर्क : अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका यमप्रसाद खनालको शव गाडेको ५ महिनापछि उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्यु पछि उनमा कोरोना संक्रमण देखिएको थियो।

उनको शव करीब ५ महिनापछि उत्खनन् गरेर अन्तिम  दाहसंस्कार गरिएको आफन्त प्रकाश खनालले जानकारी दिए । कोरोना पोजेटिभ देखिएपछि शव व्यवस्थापनबारे विवाद हुँदा शव दुई दिनसम्म खुल्ला चौरमा राखिएको थियो।

त्यतिबेला परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । अहिले ५ महिनामा शव उत्खनन् गरेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको खनालले बताए । 


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top