नेपाली   |  English

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब नेपाल टेलिभिजनबाट प्रशारण नहुने


A A A

उनले ‘हामी, अब हिमालय टेलिभिजनबाट सिरियल प्रशारणको तयारीमा छौ । युटुब भने ओएसआरबाट नै अपलोड हुन्छ ।’

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको यो सिरियल मंसिर २० गतेबाट भने हिमालय टेलिभिजनबाट प्रशारण गर्ने तयारी गरिएको हो ।

अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो सिरियल लकडाउनका कारण केही महिनादेखि प्रशारण हुन सकेको थिएन । अब, मंसिर २० गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गर्ने तयारी गरिएको यो श्रृङ्खलाका सिरिज निर्देशक दिपकप्रसाद आचार्यले जानकारी दिए ।

उनले ‘हामी, अब हिमालय टेलिभिजनबाट सिरियल प्रशारणको तयारीमा छौ । युटुब भने ओएसआरबाट नै अपलोड हुन्छ ।’

उनले, नेपाल टेलिभिजनबाट प्रशारण हुने सिरियलको बिषयमा टेलिभिजनले कहिले पनि चासो दिने नगरेको र सर्जकसँग कुराकानी पनि गर्ने शैलीको विकास नगरेको भन्दै गुनासो व्यक्त गरे ।

दिपकका अनुसार, विज्ञापन एजेन्सी सँग नै कुरा नमिलेका कारण नयाँ एजेन्सीमार्फत सिरियल हिमालय टेलिभिजनबाट प्रशारण हुन लागेको हो ।

यो सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

लामो समयसम्म ‘भद्रगोल’ नामबाट प्रशारण हुँदै आएको सिरियल पछि विज्ञापन एजेन्सीको विवादपछि ‘सक्किगोनी’ नामबाट प्रशारण हुन थालेको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top