नेपाली   |  English

अध्यक्षको निर्देशनपछि रोकिए मुख्यमन्त्री, आज मन्त्रिमण्डल हेरफेर नहुने


A A A

कर्णाली प्रदेशमा आज हुने भनिएको मन्त्रिमण्डल हेरफेर कार्य स्थगित भएको छ ।

कात्तिक १६, काठमाडौं । कर्णाली प्रदेशमा आज हुने भनिएको मन्त्रिमण्डल हेरफेर कार्य स्थगित भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिमण्ड हेरफेर गरी आफू अनुकुल मन्त्री राख्ने तयारी गरेको बताइएको थियो । नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल हेरफेर नगर्न भनेपछि मुख्यमन्त्रीले कार्य स्थगन गर्नुभएको बुझिएको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री शाहीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाउने तयारी गर्नुभएको थियो । हटाइने मन्त्रीमा सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री नन्दसिंह बूढाको नाम चर्चामा थियो । सामाजिक विकास मन्त्री रावलले त आफूलाइ हटाउनुअघि नै सामाजिक सन्जालमार्फत् पद त्याग गरेको बताउनुभएको थियो ।

तर प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने अडान लिएपछि र केन्द्रबाट अध्यक्षको निर्देशन गएपछि मन्त्रिमण्डल हेरफेर गर्ने तयारी स्थगित गरिएको बताइएको छ ।

केही समयअघि मुख्यमन्त्री शाहीलाइ नै हटाउनेगरी नेकपाकै सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर पछि पार्टी केन्द्रको निर्देशन र आन्तरिक छलफलबाट उक्त विवाद सामसुम पारियो । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरु रावल र बुढालाई हटाएर मुख्यमन्त्री शाहीले माधव नेपाल पक्षका २ जना र रिक्त मन्त्रीपदमा थप १ जना गरी तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top