नेपाली   |  English

स्वयम्भूको जुवा खालबाट पक्राउ परे पूर्वराज्यमन्त्री रायसहित १० जुवाडे

सांकेतिक तस्विर

A A A

एक लाख ५३ हजार ५ सय रुपैयाँ बरामद

काठमाडौं - जुवातास खेलिरहेको अवस्थामा पूर्वराज्यमन्त्री खोवारी रायसहित १० जना पक्राउ परेका छन्।

शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका १५ स्वयम्भू फेमली क्वार्टर नजिकबाट पूर्वराज्यमन्त्रीसहित १० जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त, स्वयम्भूले पाएको गोप्य सूचनाको आधारमा प्रहरीले साइँली तामाङको घरमा छापा मारेको थियो।

त्यहाँबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

उनीहरूबाट प्रहरीले एक लाख ५३ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ।

पक्राउ पर्नेमा भोजपुरका ६२ वर्षीय पर्वत भण्डारी, धादिङका ३६ वर्षीय सन्तोष लामा, पूर्वराज्यमन्त्री खोवरी राय, काभ्रेका ४९ वर्षीय उत्तरकुमार लामा, २५ वर्षीय सविन लामा, ५९ वर्षीय धर्मलाल तामाङ, ४४ वर्षीय जीतपुर लामा, २२ वर्षीय विक्रम लामा, ६५ वर्षीय देवेन्द्र श्रेष्ठ र ३३ वर्षीय कान्छा तामाङ छन्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top