नेपाली   |  English

प्रधानमन्त्रीले लगाए राष्ट्रपति भण्डारीको हातबाट दसैँको टीका,घरभित्रमात्र भन्ने प्रम आफै डुल्दै हिड्ने ?


A A A

प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली झापामा भएकाले यस वर्ष प्रमले बाबुको हातबाट भने टीका लगाउन पाएनन् ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दशैको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओली सित्तल निवास पुगेर टिका ग्रहण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुृर्य थापाले जानकारी दिए । राष्ट्रपति भण्डारीले त्यस क्रममा प्रधानमन्त्री ओली र ओली पत्नी राधिका शाक्यलाई टीका र जमराको माला लगाइदिएकी हुन ।

oli-dashain tika

प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली झापामा भएकाले यस वर्ष प्रमले बाबुको हातबाट भने टीका लगाउन पाएनन् ।

त्यस्तै आजै विहान विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको सल्लाहकार सूर्य थापाले बताए ।

dashain tika -oli

‘यसपाली बडादसैँलाई कोभिड– १९ का कारण पारिवारिक रुपमामात्रै बनाउन प्रधानमन्त्रीले देशवासीको नाममा संबोधन गर्दै विशेष आग्रह गरेका थिए । यधपी प्रधानमन्त्री स्वय राष्ट्रपति भवन पुगेर टिका ग्रहण गरेपछि सामाजिक संजालमा अरुलाई आग्रह गर्ने ओलीले दशैलाई पारिवार भित्र सिमित नराखी आफै सित्तल निवास पुगेर टिका ग्रहण गर्नु गलत भएको भन्दै विरोध पनि गरेका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top