नेपाली   |  English

राष्ट्रपति भण्डारीद्धारा २ महिनाको पारिश्रमिक र दसैँ भत्ता कोरोना कोषमा प्रदान गर्ने घोषणा

फाइल तस्विर

A A A

दुई महिनाको पारिश्रमिक र दसैँ भत्ता कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गर्ने निर्णय गरेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च बापत प्राप्त हुने रकम कोरोना कोषमा प्रदान गर्ने घोषणा गरेकी छन् ।

कोरोना भाइरसको महामारीविरुद्धको प्रयासमा सहयोग गर्ने उद्देश्यले राष्ट्रपति भण्डारीले यो आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र दसैँ भत्ता कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गर्ने निर्णय गरेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति निकालेर यसबारे जानकारी दिएका हुन्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top