नेपाली   |  English

आज एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि


A A A

कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये जना ३१०७ काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र २९९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top