नेपाली   |  English

नेपाल बोटल वाटर उद्योग संघको प्रेस विज्ञप्ति


A A A

बजारमा अधिकतम मूल्य ६० रुपैयाँमा बिक्री हुँदै आएको २० लिटर बराबरको जारको पिउने पानीको मूल्य घटाएर ५० रुपैयाँ कायम गरेको छ

काठमाडौँ : नेपाल बोटल वाटर उद्योग संघले प्रेस विज्ञप्ति जारी गर्दै पिउने पानीको मूल्य समायोजन गरेको छ। बजारमा अधिकतम मूल्य ६० रुपैयाँमा बिक्री हुँदै आएको २० लिटर बराबरको जारको पिउने पानीको मूल्य घटाएर ५० रुपैयाँ कायम गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च र बोटल वाटर उद्योग संघको संयुक्त सहमतिमा पानीको मुल्य घटाउने निर्णय गरेको हो । व्यापारीलाई पानी बिक्रीमा सहजहुने गरि संघले एक जार पानीको अधिकतम मूल्य ५० रुपैयाँमा बिक्री गर्ने बाटो खुलाएको छ।त्यसैगरी संघले १ लिटर बोतल पानीको अधिकत मूल्य २० बाट घटाएर बजार मूल्य अधिकतम १६ रुपैयाँ तोकेको छ। संघले चार बुँदे प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्तालाई ध्यानाकर्षण गरेको जानकारी ए एण्ड बी बेवेरेज इन्ड्सट्रिसका संचालक तथा नेपाल बोटल वाटर उद्योग संघको केन्द्रिय उपा अध्यक्ष बिक्रम लिम्वु चेम्जोङ्गले अनलाइन खबर हवलाई दिएको छ । 


संघको प्रेस विज्ञप्ति :

pani press relese


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top