नेपाली   |  English

१६ वर्षिया किशोरी फिनल्याण्डको प्रधान मन्त्रि

आभा मुर्तो , जो १६ वर्षामा एकदिनको लागि फिनल्याण्डमाको प्रधान मन्त्रि बने

A A A

एक दिनको लागि प्रधानममन्त्री नामक सो कदम अन्तरराष्ट्रिय बालबालिकाको अधिकार च्यारटि योजनाको गल्र्स टेकओभर अभियानको एक हिस्सा रहदै आएको

फिनल्याण्डमा एक किशोरी प्रधानमन्त्री बनेकी छिन् । प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि आभा मुर्तो नाम की १६ वर्षिया किशोरीलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् ।

बुधबार प्रधानमन्त्री बनेकी ती किशोरी दक्षिणी फिनल्याण्डकी हुन् । उनी जलवायु परिवर्तन र मानव अधिकारसँग सम्बन्धित मुद्यामा पाइला चाल्ने एक सक्रिय अभियन्ता पनि हुन् । उनले बुधबार विदेश तथा विकाश व्यापारका लागि विभिन्न सासंद तथा मन्त्रीहरुसँग छलफल गरेकी थिइन्। आभाले प्रधानमन्त्री पदभार गरेको दिन निकै रोमांचक रहेको अन्तरराष्ट्रिय संचारमाध्यमसँग उनले बताइन् ।

महिलाहरुको अधिकार प्रर्वद्धन गर्नकालागि फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि प्रधान मन्त्रि पद हस्तान्तरण गरेकी हुन् । एक दिनको लागि प्रधानममन्त्री नामक सो कदम अन्तरराष्ट्रिय बालबालिकाको अधिकार च्यारटि योजनाको गल्र्स टेकओभर अभियानको एक हिस्सा रहदै आएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


अन्तर्राष्ट्रिय

करोडौको मालिक बन्ने सुत्र...

Top