नेपाली   |  English

सिरिसेमा कन्टेनर दुर्घटना हुदा २ को घटना स्थल मै मृत्यु र २ गम्भीर घाइते


A A A

सिरिसे स्थित सानो दमारमा कन्टेनर पाँच सय मिटर तल खसेको थियो

उदयपुर : सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका ८ सिरिसे स्थित सानो दमारमा कन्टेनर पाँच सय मिटर तल खसेको छ । बुधबार साँझ ओखलढुंगाबाट कटारी तर्फ आउँदै गरेको ना ५ ख ९४२४ नम्बरको कन्टेनर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।


दुर्घटनामा परी दुई जनाको घटना स्थलमै ज्यान गएको छ भने दुई जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिएको छ । 

मृत्यु हुनेमा मिन राना मगर र राकेश कुमार यादव रहेका छन् । आफन्तले मिन राना मगरको पहिचान गरी सकेको छ भने एक मृतकको सर्टको गोजीमा राकेश कुमार यादव नामको कार्ड फेला परेको छ । कार्ड फेला परेको व्यक्तिको शव ठूलो ढुंगाले थिचिएको र बुधबार साँझ मुसल धारे पानी पहिरहेको थियो त्यसैले शव निकाल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिएको छ । कार्यमा लागको जानकारी पनि क्षेत्रीले बताएको छ  

यस्तै योगेन्द्र दाहाल र विजय भुजेल गम्भिर घाइते भएका छन् । उनीहरुको कटारी अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि न्यूरो हस्पिटल बिराटनगर रेफर गरिएको कटारी अस्पतालले जनाएको छ । टाउकोमा चोट लागेकोले घाइतेलाई रेफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजकुमार गजमेरले जानकारी दिए ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top